शीर्षकहरू

विश्वकप खेल्न जान पाएनन् सन्दीप, अमेरिकाले दिएन भिसा

विश्वकप खेल्न जान पाएनन् सन्दीप, अमेरिकाले दिएन भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जान लागेका अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । 

सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी २० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । सन्दीपले बुधवार दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । 

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो ।