काठमाडौं । ईरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीरा बदुल्ला हियान चढेको हेलिकोप्टरको भग्नावशेष भेटिएको छ । हेलिकोप्टर आइतबार दुर्घटना भएकोमा अजरबैजानप्रान्त नजिकैको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो ।
बीबीसीले उल्लेख गरेअनुसार खोज टोलीले दुर्घटनास्थलमा हेलिकोप्टर भग्नावशेष अवस्थामा फेला पारेको त्यहाँको सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।
राष्ट्रपति रायसी र विदेशमन्त्री हियान सन् १९६० मा बनेको बेल २१२ हेलिकोप्टरमा यात्रा गरिरहेको सैन्य विश्लेषक सेड्रिक लेइटन उल्लेख गरेका छन् ।
दुर्घटनास्थलमा हेलिकोप्टरको भग्नावशेष भेटिएपछि राष्ट्रपति रायसीसहित हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको आशंका गरिएको छ ।