शीर्षकहरू

एनआईसी लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त

एनआईसी लघुवित्तको सञ्चालकमा सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । एनआईसी लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम एनआईसी लघुवित्तको २१४औँ बैठकले सिग्देललाई सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको प्रमुख सूचना अधिकृत मेष बहादुर बस्नेतले जानकारी दिए ।

सिग्देललाई संस्थाका अध्यक्ष सुवर्ण पौडेलले शपथ ग्रहण गराएका छन् ।

करिब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएका सिग्देल पेसाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।