शीर्षकहरू

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २१ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २१ करोडभन्दा बढीको बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २१ करोड बढीको बीमाको दाबी भुक्तानी गरेको छ ।  अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षतिको भुक्तानी गरेको हो । हाइड्रोको २०८० असार २ गते संखुवासभामा गएको बाढीबाट  क्षति भएको थियो । उक्त क्षतिको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको  भएको थियो । 

सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज, लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा  २१ करोड १९ लाख ६० हजार ५०० रुपैयाँको दावी फछ्र्यौट गरेको हो । 

कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत १० करोड ४५ लाख ३१ हजार ५०० रुपैयाँ बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्रीले हस्तान्तरण गरेका थिए । उक्त हाइड्रोको  सम्पत्ति क्षति वापतको बीमा रकम १० करोड ७४ लाख २९ हजार रुपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो ।