शीर्षकहरू

शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित

शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समूह ‘क’का शेयरधनीबाट निर्वाचित हुने ३ सञ्चालक तथा सर्वसाधारण समूह ‘ख’का शेयरधनीवाट निर्वाचित हुने थप १ सञ्चालकमा सर्वसम्मत निर्वाचन गरेको छ ।

कम्पनीको मिति २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरेको छ ।
उक्त सभाबाट गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु छलफलसहित पारित भएको छ । सभाले  संस्थापक समूह ‘क’ बाट ३ र सर्वसाधारण समूह ‘ख’ बाट १ सञ्चालक निर्वाचित गरेको छ ।