शीर्षकहरू

आरविवि म्युचुअल फण्ड १ को नाफा वैशाखमा घट्यो

आरविवि म्युचुअल फण्ड १ को नाफा वैशाखमा घट्यो

काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले वैशाख मसान्तसम्म १ करोड ५१ लाख रूपैयाँभन्दा बढी कुल नाफा गरेको छ । चैत मसान्तसम्मको तुलनामा वैशाखमा योजनाको कुल नाफा कम भएको हो । चैत मसान्तसम्म योजनाले २ करोड ७४ लाख रूपैयाँभन्दा बढी कुल नाफा गरेको थियो । 

यो महिना योजनाको जम्मा आम्दानी घटेको र जम्मा खर्च बढेकाले कुल नाफा घट्न पुगेको हो । वैशाख मसान्तसम्म योजनाले ३ करोड २८ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरकोमा १ करोड ७७ रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको हो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । चैत मसान्तसम्म ९ रूपैयाँ ८३ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म ९ रूपैयाँ ७३ पैसा कायम भएको छ ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित १ अर्ब ६ करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको छ । 

योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने परलमूल्यभन्दा कम रहेको छ । बैंक मुद्दती निक्षेमा १८ करोड ७५ लाख रूपैयाँभन्दा बढी लगानी रहेको कम्नपीको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ८३ करोड ९६ लाख रूपैयाँभन्दा बढी रहेको छ ।