शीर्षकहरू

विमानस्थलको धावन मार्गको जमिन चर्कियो, उडान प्रभावित

विमानस्थलको धावन मार्गको जमिन चर्कियो, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खाल्डो देखिएको छ ।  रन वे ०२ को जमिन चर्किएको हो । 

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार विमानस्थलको धावनमार्गमा सानो क्रयाक देखिएको हो । त्यसको मर्मत तथा सम्भारका लागि उडान तथा अवतरण बन्द गरिएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । केहि विमानहरु आकाशमै ‘होल्ड’ भएका समेत उनले जानकारी दिएका छन् ।