शीर्षकहरू

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता भएको छ । आज भएकाृ सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट एपोलो सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत तथा दुगढ समूहको उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक  तथा कर्मचारीहरुलाई १० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा  समेत जानकारी बैंकले गराएको छ ।