शीर्षकहरू

साढे १६ हजार कम्पनी थपिँदा ठूलो लगानीका १.७ प्रतिशत मात्रै

साढे १६ हजार कम्पनी थपिँदा ठूलो लगानीका १.७ प्रतिशत मात्रै

काठमाडौं । सरकारले लगानीको वातावरण बनिरहेको दाबी गरेता पनि तथ्यांकमा भने मुलुकमा लगानीको वातावरण बन्न नसकेको देखाएको छ ।

६ महिनामा नेपालमा थप १६ हजार ५९० कम्पनी थपिएका छन् । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा उक्त संख्यामा कम्पनी थपिएका हुन् ।

यससँगै नेपालमा दर्ता भएका कुल कम्पनीको संख्या ३ लाख २२ हजार ८०६ पुगेको छ ।

नयाँ दर्ता भएका कम्पनीमध्ये ठूलो लगानीका कम्पनी १.७ प्रतिशत मात्रै रहेका छन् । जसको कुल पुँजी १५ करोडभन्दा माथि छ ।

यसैगरी १ करोडदेखि १५ करोडसम्मका मझौला कम्पनी १३.८ प्रतिशत छ । २० लाखसम्म कुल पुँजी भएका ३२.६ प्रतिशत र २० लाखदेखि १ करोडसम्म कुल पुँजी भएका कम्पनी ५२ प्रतिशत रहेका छन् ।