शीर्षकहरू

नौ महिनामा पौने १३ खर्बको वैदेशिक व्यापार, साढे १० खर्ब घाटा

नौ महिनामा पौने १३ खर्बको वैदेशिक व्यापार, साढे १० खर्ब घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को नौं महिना अर्थात साउनदेखि चैत्र महिनासम्मको वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६७ प्रतिशतले घटेको छ ।    

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको चैत्र महिनासम्ममा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।       

त्यस्तै, यस अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।          

यस अवधिमा नेपालको व्यापार घाटा २.७५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ व्यापार घाटा व्यहोरोमा यस आवको नौ महिनामा भने १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ व्यहोरेको छ । 

चैत्र महिनासम्म १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।