शीर्षकहरू

दुई कम्पनीको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

दुई कम्पनीको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । दुई कम्पनीले ७ लाख २५ हजार ८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ७ हजार ६४२ कित्ता र कुमारी बैंकको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । 

यी शेयर सम्बन्धित कम्पनीहरूको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा र कुमारी बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।