शीर्षकहरू

भारतीय सेयर बजारमा उच्च वृद्धि, बन्यो नयाँ रेकर्ड

भारतीय सेयर बजारमा उच्च वृद्धि, बन्यो नयाँ रेकर्ड

एजेन्सी । केही दिन यताको मन्दी तोड्दै भारतीय  शेयर बजारमा बिहीबार एक्कासि तुफान आएको छ ।  त्यहाँको पुँजी बजारको इन्डेक्स सेन्सेक्स र निफ्टी तीव्र गतिमा बढ्दा नयाँ कीर्तिमान नै समेत बनेको छ।

दुवै परिसूचक तीव्र गतिमा बढेर इतिहास रच्दा सेन्सेक्सले आफ्नो पुरानो कीर्तिमान तोडेर ७५ हजार ३६८ को उच्च स्तरमा पुगेको छ । यसक्रममा सेन्सेक्समा १२०० अंकभन्दा बढीको उछाल आएको छ । अर्कोतर्फ निफ्टीमा पनि ३५० अंकभन्दा बढीको उछाल आउँदा इन्डेक्स  २२ हजार ९४८ को स्तरमा पुगेको छ ।

भारतीय सेयर बजारमा भएको यो उछालका क्रममा १० वटा स्क्रिप्टको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। यसमा गौतम अडानीको नेतृत्वमा रहेको अडानी समूहको कम्पनी अडानी इन्टरप्राइजेजदेखि रेलवे स्टकहरू र अन्य नामहरू समावेश छन्। तीमध्ये धेरैको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढी रहेको छ ।

शेयर बजारको उकालोका बीच सबैभन्दा ठूलो उछाल कोचिन शिपयार्डको शेयरमा आयो र दिउँसो १२.३० बजेसम्म ११.२५ प्रतिशतले बढेर कारोबार भएको थियो । यसबाहेक सिपिङ कर्पोरेसन इन्डिया स्टकको शेयर पनि १० प्रतिशतले बढेको छ । यसबाहेक रेलवेको शेयर पनि निकै बढेको देखिन्छ।

एकातिर आईआरएफसीको स्टक ८ प्रतिशतले बढेको छ भने आरभीएनएलको शेयर पनि करिब ८ प्रतिशतले बढेको छ । पीएनबी हाउसिङ फाइनान्सको शेयर पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

शीर्ष १० सबैभन्दा बढेका अन्य कम्पनीको कुरा गर्दा गौतम अडानीको कम्पनी अडानी इन्ट सेयर पनि साढे ७ दशमलव ५० प्रतिशतले बढेर कारोबार भइरहेको छ । यससँगै मजगाउँ डकको स्टक ६ दशमलव ३४ प्रतिशतले बढेर कारोबार भएको छ भने भारत डायनामिकको स्टक ६ दशमलव १४ प्रतिशतले बढेको छ । एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी जियो फाइनान्सियल सर्भिसेजमा पनि ५ प्रतिशतले वृद्धि भएको छ भने अडानी पावरको सेयर ४ प्रतिशतले उकालो लागेको छ ।