शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ जना संस्थापकहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिने जानकारी कम्पनीले दिएको छ ।