शीर्षकहरू

तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा

तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा

काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । २०८० साल असार २ गते आएको बाढीले व्यापक क्षति पुर्याएको उक्त आयोजना जेठ २२ गतेदेखि पुनः सञ्चालनमा आएको हो । 

विद्युत उत्पादन बन्द हुँदा कम्पनी नोक्सानीमा गएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९४ लाख ४ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको छ ।