काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही (डिम्याट) खाता नविकरणका लागि हिमालयन क्यापिटल लिमिटेडले आग्रह गरेको छ । साविक हिमालयन क्यापिटल लिमिटेड र साविक सिभिल क्यापिटल मार्केट लिमिटेडबाट हितग्राही खाता खोलेका सदस्यहरूलाई चालू आर्थिक वर्ष ०८०/८१ को वार्षिक नविकरण शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो ।
साविकका यी दुई क्यापिटल एक भई हाल हिमानलय क्यापिटलको नामबाट सञ्चालनमा रहेको छ । प्रत्येक आर्थिक वर्षको १०० रूपैयाँ हितग्राही खाताको सेवा प्रदान गरेवात्त सेवाग्राहीहरूले बुझाउनुपर्ने व्यवस्था छ । आगामी असार मसान्तभित्र उल्लेखित शूल्क बुझाएर हितग्राही खाता नविकरण नगरे हितग्राही खाता सिष्टमबाट रोक्का हुने व्यवस्था छ ।
हितग्राही खातासँगै मेरो शेयर सेवाका लागि समेत वार्षिक ५० रूपैयाँ नविकरण शुल्क बुझाउनुपर्ने हुन्छ । यसर्थ समयमै दुबै सेवा प्राप्त गर्नका लागि नविकरण गर्न क्यापिटलले आग्रह गरेको हो । यी सेवा नविकरणका लागि हिमालयन बैंक लिमिटेडको मूख्य कार्यालय दरबारमार्ग, काठमाडौंमा रहेको हिमालयन क्यापिटल लिमिटेड रिन्यूअल नामको खाता नम्बर ०१९०७६८३१४०२०८ मा रकम जम्मा गर्नुपर्ने जानकारी क्यापिटलले दिएको छ ।