शीर्षकहरू

समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्ती र चण्डी पुर्णिमा निशुल्क खानेपानी वितरण

समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्ती र चण्डी पुर्णिमा निशुल्क खानेपानी वितरण

काठमाडौं । समृद्धि फाइनान्सले नारायणगढ र बुटवलशाखाबाट २०८१ जेष्ठ १० गतेका दिन २५६७ औँ बुद्ध जयन्तीको अवसरमा भरतपुर ११, भोजाडमा अवस्थित छेच्यु थर्पलिङ्ग गुम्वामा लगभग ३५० जनाभन्दा बढी बौद्ध धर्मालम्वी आगन्तुकहरूलाई निशुल्क खानेपानी वितरण गरेको छ । त्यस्तै, बुटवल १ मा अवस्थित पद्म चैत्य विहार समितिलाई प्रसाद प्रयोजनकोलागि फलफुल, सुजि, आटा र पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

साथै वनेपामा चण्डी पुर्णिमाको अवसरमा मनाइने चण्डेश्वरी जात्रामा उपस्थित आगन्तुकहरूलाई निशुल्क खानेपानी र जुस वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस सेवाहरु दिँदै आएको छ । त्यस्तै, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ  । मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।