शीर्षकहरू

पहिलो पटक फ्लाइङ कार 'डेब्यु'

पहिलो पटक फ्लाइङ कार 'डेब्यु'

एजेन्सी । टोकियोमा भएको अन्तर्राष्ट्रिय प्राविधिक कार्यक्रममा पहिलो पटक फ्लाइङ कार डेब्यु गरिएको हो । सहरको कोटो वार्डमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर रहेको पार्किङमा पाइलटसँग कार १० मिटरसम्म उडेको थियो। कारको नाम ‘हेक्सा’ हो, जसलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इन्कले विकास गरेको हो ।

हेक्साको शीर्षमा १८ प्रोपेलरहरू स्थापित छन्। यो ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिब १९६ किलोग्राम तौल छ। यो सिंगल सिट कार भएको जनाइएकोे छ । जुन जमिन र पानी दुवैमा अवतरण गर्न सकिन्छ। भारतमा पनि महिन्द्रा र मारुती सुजुकीसहित तीन कम्पनीले विद्युतीय उडान गर्ने कारमा काम गरिरहेका छन् ।