शीर्षकहरू

खस्कियो चिया निर्यात

खस्कियो चिया निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा चियाको निर्यात खस्किएको छ । भन्सार विभागका अनुसार वैशाखसम्ममा अघिल्लो वर्षको तुलनामा यस वर्ष निर्यात घटेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल ३ अर्ब १० करोड ९१ लाख  रुपैयाँको चिया निर्यात भएको छ । जसमा कालो चिया २ अर्ब ९० करोड १२ लाख रुपैयाँको ११ हजार १६३ मेट्रिक टन र ग्रिन टी २० करोड ७९ लाखको १०७ टन निर्यात भएको छ । यस वर्ष निर्यात भएको कुल चिया अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७ करोड ५४ लाख रुपैयाँले कम हो ।

यस वर्ष  कालो चियाको निर्यात २६ करोड रुपैयाँले घटेकोमा ग्रिन टीको निर्यात १९ करोडले खस्किएको छ ।

अघिल्लो आर्थिक वर्ष कुल ३ अर्ब १८ करोड ४५ लाख को १४ हजार ७८४ टन चिया निर्यात भएको थियो । जसमा कालो चियाको हिस्सा ३ अर्ब १६ करोड ६३ लाख र ग्रिन टीको निर्यात १ करोड ८१ लाखको भएको थियो । कालो चिया १४ हजार ७०१ टन र ग्रिन टी ८३ टन निर्यात भएको थियो ।