शीर्षकहरू

ऐसले फर्निचर शोरुम अब नेपालमा

ऐसले फर्निचर शोरुम अब नेपालमा

काठमाडौं । विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री शुरु गरेको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो । गत १८ वर्ष देखि ऐसले अमेरीकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । ऐसलेको विश्वभरी ६६ राष्ट्रहरुमा १,१०० भन्दा बढि होमस्टेहरु छन् । 

ऐसलेको आधिकारीक विक्रेताको रुपमा एसएन जोशी एण्ड कम्पनी रहेको छ । विश्व विख्यात फर्निचर ब्राण्डहरुलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरुलाई नेपाली माझ साक्षत्कार गराउन एसएन जोशी एण्ड कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहेको छ । 

विश्व विख्यात ऐसले ब्राण्डले नविनता, गुणस्तरियता, ग्राहक सन्तुष्टिमा विश्वभरी आफ्नो झण्डा गाडीसकेको छ । ऐसले फर्निचरले विश्वभरी करोडौं उपभोक्ताहरुको मन जितिसकेको कम्पनीको दावी छ ।


 टेकु स्थित शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ र यहाँ ग्राहकहरुले विभिन्न आधुनिक रुपमा  लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरुको उपलब्धता रहनेछ । ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनिय उत्पादनहरु सहित नेपालमा नयाँ युगको शुरुवात गर्ने कम्पनीले जनाएको छ  ।