शीर्षकहरू

यातायात क्षेत्रलाई व्यवस्थित गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक

यातायात क्षेत्रलाई व्यवस्थित गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपनिरीक्षक बिनोद घिमिरेले १० जनामा लापसे चेक गर्दा पाँच जनामा देखिने गरेको बताएका छन् ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले १० जनामा लापसे चेक गर्दा पाँच जनामा देखिने गरेकाले दुर्घटना भए को जिम्मेवार हुने भन्दै प्रश्न उठाए ।  

उनले भने, ‘तपाई–हाम्रो एउटै स्वार्थ छ । व्यवसाय राम्रो होस् र सेवाग्राहीले राम्रो सुविधा पाउन् । हाम्रो स्वार्थ यही नै हो । जुन फिल्डमा छौं हाम्रो जिम्मेवारी केहो भन्नेबारे सबैले मनन् गरुन । सबैले जिम्मेवार महसुस गरुन् ।’

यस्तै, नेपाल यातायात महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको बताए । उनले नेपालमा अधिकार सम्पन्न प्राधिकरणको गठन हुनुपर्ने पनि बताएका छन् । 

उनले भने, ‘नेपाल मजदुर ट्रेड युनियनले मजदुरको हक अधिकारको लागि सरकारसँग नीति निर्माणका लागि अहोरात्र खटेका छौं । नेपालको यातायातलाई सुधार्नको लागि कुनैपनि नीति नियम बनेन् । यातायात मन्त्रालयले प्रभावकारी काम गर्न सकेन् । जम्बो मन्त्रालय भौतिक मन्त्रालयमा बसिदिएका कारण यातायात मन्त्रालयले प्राथमिकताको साथ काम गर्न सकेको छैन् । यो कुरा मन्त्री देबेन्द्र दाहालसम्मलाई ध्यानाकर्षण गराएका छौं । नेपालमा अधिकार सम्पन्न प्राधिकरणको गठन हुनुपर्छ नत्र भने यातायात मन्त्रालयले छुट्टै काम गर्नुपर्छ ।’