काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुलाई सानै उमेरदेदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ ।
यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सकिने बैंकले जनाएको छ ।
१ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस खातामा अवधि समाप्ती पश्चात एक मुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० रुपैयाँबाट समेत शुरुवात गर्न सकिने छ ।