शीर्षकहरू

सानिमा बैंकको ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

सानिमा बैंकको ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि गत असार १३ गते सर्वसाधारणमा विक्री खुला गर्दा समेत विक्री नभएको यी शेयर पुनः विक्री आव्हान गरेको हो । 

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । आवेदन गर्दा सम्पूर्ण कित्ता माग गर्दै गर्नुपर्ने व्यवस्था रहेको छ ।