काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टितेल ३ रुपैयाँ मूल्य बढाएको हो । यो नयाँ मूल्य आज राती १ बजेदेखि लागु हुने निगमले जनाएको छ । त्यस्तै, निगमले हवाइ ईन्धन तर्फ प्रति लिटर २ रुपैँया र अन्तराष्ट्रिय हवाइ इन्धन तर्फ प्रति किलोलोटर १५ अमेरिकी डलरले घटाएको निगमले जनाएको छ ।
अब नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२.५० रूपैयाँ दोस्रो वर्गलाई १६४ रुपैयाँ तेस्रो वर्गको लागि १६५ रुपैयाँ मूल्य पर्ने भएको छ । मट्टितेल र डिजेलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १५३ रुपैयाँ दोस्रो वर्गलाई १५५ रुपैयाँ तेस्रो वर्गको लागि १५६ रुपैयाँ कायम हुनेछ ।