शीर्षकहरू

भन्सारको विकृति र बेथितिले अर्थतन्त्र चलायमान हुन सकेको छैन : पुन

भन्सारको विकृति र बेथितिले अर्थतन्त्र चलायमान हुन सकेको छैन : पुन

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको  छ । बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

उनले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘भन्सार जाँचपास प्रतिनिधिका विषयमा सरकारले छलफल गरेर प्रष्ट पार्नुपर्ने छ । भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । नयाँ साथीहरुले काम नपाउने, व्यवहारिक समस्या धेरै नै छन् ।’

यसैगरी उनले छलफल भइरहेको विधेयक सरकारले अध्यादेशमार्फत ल्याएको भन्दै ध्यानाकर्षण गराए  । पुनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।

उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो। तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो । सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।’ यसैगरी उक्त समितिमा रास्वपाका सांसद स्वर्णिम वाग्ललेले  भन्सारमा धेरै विकृति र बेथिति रहेको बताए । उनले अरु देशको उत्पादनसँग मात्र जोडिएर नहुने बताए।

उनले भने, ‘भन्सारमा यत्रो विकृति र बेथिति छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । उत्पादनका वस्तुहरु आइरहेका छन् । तर अरु देशको उत्पादनसँग मात्र जोडिएर हुने अवस्था छैन । नेपालमा प्रतिस्पर्धी कुराहरु धेरै नै साँघुरा छन् ।’