काठमाडौं । नेपाल राष्ट्र बैंकले आज थप ४० अर्ब रुपैयाँ बजारबाट निक्षेप उठाउँदै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता उठाउने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब बराबर तरलता उठाउने भएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २३ माघमा भुक्तानी हुनेछ ।