शीर्षकहरू

सिवाईसी नेपालको स्थगित साधारणसभा माघ १२ मा, छैन लाभांश

सिवाईसी नेपालको स्थगित साधारणसभा माघ १२ मा, छैन लाभांश

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १२ गते छैठौं वार्षिक साधारण सभा पुनः बोलाएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल दिपसागर, पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

यसअघि पुस २९ गते यो सभा बोलाइएकोमा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन् । गत वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ । सोही बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।