शीर्षकहरू

नेपाल बैंकले यस वर्ष पनि लाभांश नदिने

नेपाल बैंकले यस वर्ष पनि लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लाभांश वितरण गरेको छैन् । त्यस अघिका वर्षहरुमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले पछिल्लो दुई वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।