काठमाडौँ । इजरायलको विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छन् ।
इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताका सर्तहरू अन्तिम चरणमा छन् । हमास र इजरायली अधिकारीहरू सोमबार एउटा भवनमा वार्ता गरिरहेका छन् । एक इजरायली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई पनि वार्ता 'अन्तिम चरण' मा रहेको र 'केही घण्टा वा दिनमा' सहमति हुन सक्ने बताए ।
युद्धविरामको वार्ता अन्तिम चरणमा रहेको बेला परराष्ट्रमन्त्री देउवाले हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तामध्ये एक रहेका कतारका विदेशमन्त्री अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन् ।