काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको १५ प्रतिशत लाभांश आगामी चैत मसान्तभित्र पारित गर्ने भएको छ ।
पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले पुस मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्दा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै आगामी चैत मसान्तभित्र साधारण सभा सम्पन्न गर्ने जानकारी दिएको हो ।