काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको अहिलेको सरकार जसैगरी ढल्ने दाबी गरेका छन् । मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकको सुकुटेमा आयोजनामा गरेको कार्यक्रममा उनले सरकारको आयु धेरै नभएको दाबी गरे ।
सरकार ढाल्न आफूहरूले बलै गर्न नपर्ने बताउँदै उनले भने, 'यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ । हामीले बल गर्नै पर्दैन ।'
मिति नै तोक्न भने नमिल्ने उनले बताए ।