काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०र०८१ को दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको जनाएको कम्पनीले जनाएको छ । त्यस्तै, साथै कम्पनीले अग्रिम भुक्तानी सावधिक योजनामा भने न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ रहेको छ ।
बोनस दरका विभिन्न योजनाअन्तर्गत सावधिक, सीमित आवधिक भुक्तानी तथा बाल सावधिक बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने सूचनामा उल्लेख छ । सामूहिक सावधिक जीवन बीमालेखमा कम्पनीले बिमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर पाइनेछ । यसका साथै अग्रिम भुक्तानी तथा कल्पधन बीमा योजनामा कम्पनीले न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दर दिने सूचनामा जनाइएको छ ।
बाल उमंग बीमा योजनामा आबद्ध हुने बिमितले प्रतिहजारमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म पाउनेछन् । वार्षिक बाल अग्रिम भुक्तानी सावधिक बाल किरण योजनाका लागि कम्पनीले बिमितलाई न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दर दिनेछ । वार्षिक अग्रिम भुक्तानी सावधिकत धन सरिताका बिमितले नयाँ बोनस दरअनुसार प्रतिवर्ष प्रतिहजारका दरले २२ रुपैयाँ बोनस पाउनेछ बताइएको छ ।