शीर्षकहरू

महालक्ष्मी विकास बैंंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको हो । अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

बैंकको २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा÷नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । 

आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०÷८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।