शीर्षकहरू

सांग्रिला डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार बालुवाटारमा सम्पन्न भएको साधारणसभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार ३०२ रुपैयाँको ३.६५ प्रतिशतले हुन आउने बाह्र करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९ प्रतिशतले हुन आउने रकम रु. ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता तीन अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ पुगेको छ ।

साधारण सभाले आव २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।