शीर्षकहरू

शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौँ । शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शिवम् सिमेन्ट्सका संचालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले आव २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूंजी रु. ५ अर्व २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख आठ हजार ५०० रुपैयाँ बराबरका रु. १०० दरका ४२ लाख ९८ हजार ८५ थान बोनस शेयर र उक्त बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ०.४५ प्रतिशतका दरले हुने  दुई करोड २६ लाख २१ हजार ५०० नगद लाभांशसहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने, आगामी आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र बोनस शेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत वृद्धि भइ कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्ने समेतका सबै सामान्य र  विशेष प्रस्तावहरु पारीत गरेको छ ।