शीर्षकहरू

कृषि विकास बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न

कृषि विकास बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको अठारौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

 सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षता साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारणसभामा वक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।