शीर्षकहरू

रवि लामिछानेको थुनछेक बहस लम्बियो,आज पनि हिरासतमा

रवि लामिछानेको थुनछेक बहस लम्बियो,आज पनि हिरासतमा

काठमाडौँ । रवि लामिछानेको थुनछेक बहस लम्बिएको छ । थुनछेक बहस लम्बिएपछि आज पनि उनी प्रहरी हिरासतमा रहनेछन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि रवि आइतबार आफैँ जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि थुनछेक बहस सुरु नभएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको थियो ।

सोमबार न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घण्टा र रविका तर्फको बहस सवा १ घण्टा बहसको लागि समय दिएका थिए । तर थुनछेक बहस आज नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाउने तयारी गरिएको हो ।