काठमाडौँ । अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएको छ ।
सोमबार ट्रक व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजाअन्तर्गत म:ममा साङ्ला भेटिएको हो ।
खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई ३ लाख रुपियाँ समेत जरिवाना तिराएको छ ।
यस्तै काठमाडौँ महानगरपालिकाले पनि कारबाही गरेको छ । तत्काल रेस्टुरेन्ट पुगेर कारवाही गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।