काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको दाबी गरेकी छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूको सवालमा उनले यस्तो जवाफ दिएकी हुन् ।
उनले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित भएको बताउँदै सबै परियोजना 'एड फाइनान्सिङ'मै आउने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको अन्तिम समयमा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताबारे जानकारी दिँदै परराष्ट्रमन्त्री देउवाले ऋण लिने समझदारीमा हस्ताक्षर नभएको बताइन् ।
बैठकमा उनले मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिबारे जानकारी दिएकी थिइन् ।