शीर्षकहरू

१५.५४ अंकले घटेको बजारमा ६ अर्ब ६५ करोडको कारोबार

१५.५४ अंकले घटेको बजारमा ६ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन पनि नेप्स परिसूचक घटेको छ । आइतबार​ २५ दशमलव ४१ अंकले घटेर दुई हजार ६०९.६७ बिन्दुमा झरेको बजार आज १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ अंकमा झरेको हो ।

यसदिन कारोबार रकम भने उचालिएको छ । आइतबार तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँको ८० लाख ८१ हजार ६३१ कित्ता शेयर खरिदबिक्री भएकोमा आज छ अर्ब ६५ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसमूहको शेयर घटेकोमा कारोबारमा आएका २४३ कम्पनीमध्ये १७५ कम्पनीको शेयर घटेको छ । ६३ कम्पनीको शेयरमूल्य बढ्दा पाँचवटाको भने स्थिर रहेको छ ।

सोमबार आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताको शेयरमा नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाएका छन् ।