काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेपछि आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत सूचना जारी गर्दै आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने जानकारी दिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा आगामी चैत मसान्तसम्म गर्ने बताएको हो ।
गत वर्ष पनि कम्पनीले चैत २६ गते वार्षिक साधारण सभा गरेको थियो । कम्पनीले पुस १९ गते सर्वसाधारणमा ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ बाँडफाँट गरेको छ ।