काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
कम्पनीले राष्ट्र बैंकबाट हाल कायम संस्थापक शेयरधनीतर्फको ६९ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फको ३० दशमलव ३५ प्रतिशत शेयर स्वामित्वलाई संस्थापकतर्फ ६१ दशमलव ११ प्रतिशत र सर्वसाधारणतर्फ ३८ दशमलव ८९ प्रतिशत कायम गर्न स्वीकृति पाएको हो । कम्पनीले पुस २९ गते सूचना जारी गर्दै कुल चुक्तापूँजीमा ८ दशमलव ५४ प्रतिशत विन्दुले परिवर्तन गर्ने भएकाले सम्बन्धित शेयरधनीहरुमा जानकारी गराएको छ ।
आगामी ३५ दिनभित्र यदि आफ्नो शेयर सर्वसाधारणतर्फ परिवर्तन गर्न नचाहेमा कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा लिखित निवेदन पठाउन कम्पनीले भनेको छ ।
तोकिएको अवधिभित्र लिखित निवेदन प्राप्त नभएमा सदस्यहरुको मञ्जुरी ठानी सोही बमोजिम सर्वसाधारणमा परिवर्तन प्रक्रिया अघि बढाउने भनाई समेत कम्पनीको छ ।