काठमाडौं । सोमवार दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ हजार २०० कित्ता र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको २ लाख ४३ हजार ६०३ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी निष्काशनमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । महुली लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय सप्तरी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपरेको हो ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गर्दा विक्री हुन नसकेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्ने जानकारी पनि सम्बन्धित कम्पनीहरुले दिएका छन् ।