शीर्षकहरू

माघ महिनामा अधिकांश बैंकको ब्याजदर स्थिर, कुनको कति ?

माघ महिनामा अधिकांश बैंकको ब्याजदर स्थिर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

सार्वजनिक ब्याजदरअनुसार यस महिना अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदर कायम राखेका छन् भने दुई बैंकले घटाउँदा एउटाले बढाएको छ ।

यस महिना एसबीआई बैंक र कृषि विकास बैंकले व्यक्तिगत खातातर्फ ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ । सार्वजनिक तथ्यांकअनुसार एसबीआईले ५.५ प्रतिशतबाट ५ प्रतिशतमा र कृषि विकासले ५.५१ बाट ५.४५ प्रतिशतमा झारेका छन् । यस्तै लक्ष्मी सनराइले ५.५ प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्‍याएको छ ।

संस्थागततर्फ एसबीआई र नेपाल बैंकले ब्याजदर घटाएकोमा सिटिजन बैंकले बढाएको छ । तथ्यांकअनुसार एसबीआईले मुद्दती निक्षेपमा ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारेको छ भने नेपाल बैंकले ४.७ बाट ४.५ मा झार्दा सिटिजन बैंकले मुद्दती निक्षेपमा ४ प्रतिशत रहेको ब्याजदर ४.५ प्रतिशत पुर्‍याएको छ ।

अन्य वाणिज्य बैंकहरूले भने पुस महिनाकै ब्याजदर यथावत राखेका छन् ।