शीर्षकहरू

माघ ९ गतेदेखि ३० करोड बराबरको ऋणपत्र निष्कासन गर्दै

माघ ९ गतेदेखि ३० करोड बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गते ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेके हो । 

कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने र १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार ऋणपत्र भने सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट पनि ६ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि बिक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीलाई यो ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले पुस १६ गते अनुमति दिएको थियो ।

लगानीकर्ताहरुले यो ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा माघ १३ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने गरी यो ऋणपत्र निष्कासन गर्न लागेको हो । 

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि सम्पूर्ण आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।