काठमाडौं । आज पनि केहि कम्पनीको साधारण सभा बस्दै छ । आज पुसको अन्तिम दिन आज धेरैजसो कम्पनी साधारणसभा बोलाएका छन् । प्रभु बैंकले आफ्नो साधारण सभा आज गर्दै छ । प्रभु बैंकले यस वर्ष शेयरधनीलाई खाली हात पठाउँदै छ भने ।
त्यस्तै, गरिमा विकास बैंकले चुक्ता पुँजीको ५ प्रतिशत करसहित नगद लाभांश पारित लगायतका प्रस्ताव पारित गर्न साधारण सभा बस्दै छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको सभामा चुक्ता पुँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्दै छ । बैंकले अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजेदेखि साधारणसभा बस्नेछ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले पनि हाल कायम चुक्ता पुँजीको १.८६५९ प्रतिशत बोनस शेयर र करसहित ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा भएको छ ।
आइसिएफसी फाइनान्सले शेयरधनीलाई चुक्ता पुँजीको करसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बस्दै छ।
शिवम् सिमेन्टले चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । प्रस्तावित लाभांश पारित गर्न राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि साधारणसभा बस्नेछ ।