शीर्षकहरू

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको आज काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । ​साधारण सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँयाको ४ प्रतिशतका दरले हुने छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ नगद लाभांश कर प्रयोजनका लागि समेत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फतबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि) र  भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि)निर्विरोध निर्वाचित भएका छन् ।