शीर्षकहरू

मञ्जुश्री फाइनान्सले पास गर्यो लाभांश, चार जना सञ्चालक चयन

मञ्जुश्री फाइनान्सले पास गर्यो लाभांश, चार जना सञ्चालक चयन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको छ ।  साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको छ । 

साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना यादव अधिकारी रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) सतिश गौतम गरि चार जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्विरोध  निर्वाचित भएका छन ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन  तथा १७.५ अर्ब कर्जा प्रर्वाह गरेको फाइनान्सले जनाएको छ ।  फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि  २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर   मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।