शीर्षकहरू

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न,

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न,

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आइतबार पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ । 

बैंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । 

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउनेगरी निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको बताए ।