शीर्षकहरू

रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

रविलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौँले न्यायिक हिरासतमा पठाएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा ८४ दिन कास्की हिरासतमा बसेपछि ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार रिहा भएका उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दामा बयान दिन आज जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए ।

अदालतमा उनको बयानपछि आज थुनछेक बहस हुन सकेन । थुनछेक बहस भोलि हुने भएपछि न्यायाधीश माधवप्रसाद अधिकारीलको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएको हो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी गरिएको छ ।