शीर्षकहरू

५ वर्षमा कृषि मन्त्रालयले बाँड्यो १ खर्ब ७ अर्ब अनुदान

५ वर्षमा कृषि मन्त्रालयले बाँड्यो १ खर्ब ७ अर्ब अनुदान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएका पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदान बाँडेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड र अप्रत्यक्षतर्फ रासायनिक मलअन्तर्गत ८७ अर्ब ३५ करोड रुपैयाँ अनुदान वितरण भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अनुदान लिने र दिने दुवैलाई जवाफदेही बनाउने बताए । उनले अनुदान रकम दुरुपयोग भएको भए त्यस्ता व्यक्तिको नाम सार्वजनिक गर्ने बताए ।